प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा पुगेका प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)स्थायी कमिटी सदस्य शेरधन राई, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरेका छन् ।

प्रधानमन्त्रीले आज मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले २ अर्ब रुपैयाँको लागतमा टावर आकारको १८ तले व्यावसायिक कम्प्लेक्स निर्माण भएको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम छ ।

उक्त कम्प्लेक्सको ५ वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्