धनुषा : दलित समुदायलाई बजेट संचालन गर्न मुख्य भूमिका दिईने वडा अधयक्षले प्रतिब्ध्यता ब्यक्त गरेका छन् । मुखियापट्टि मुसर्निया गाउपलिका वडा न. १ को वडा अधयक्ष लक्ष्मेश्वर यादवले सो कुरा प्यानल डिस्कसन कार्यक्रम बताएका छन् ।
आज मुखियापट्टि मुसर्निया गाउ पालिका वडा न। स्थित राष्ट्रीय प्राथमिक बिधालयमा दलित अधिकार, संबैधानिक व्यबस्था र कार्यान्बयन बिषयमा प्यानल डिस्कसन भएको थियो । पालिका स्तरीय मुखियापट्टि मुसर्निया युवा संजालको आयोजना र सेफ नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।
यस पालिकामा र वडामा दलित समुदायको जनसंख्या कति छ रु र उनीहरु आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था कस्तो छ रु समाजमा दलित समुदाय सामाजिक भोजभातमा संगै खान दिएको छ रु पालिकामा दलित कर्मचारी कति छन् रु भन्ने प्रश्न मा समाजसेबी रामनन्दन भन्नु भयो – पालिकामा जम्मा कति दलित समुदायको जनसंख्या छ भन्ने कुराको एकिन छैन तर वडा न. १ २०र२५ घर मात्र दलित समुदायको बासिन्दा छ ।
समाजमा सबै खालको मानिसहरु हुन्छ । पहिलेको तुल्ला मा अहिले विभेद कम भएको छ । सामाजिक रुपमा भोज भात खाने चलन छ यहाँ । पालिकामा श्रेणी बिहिन सरसफाईमा कर्मचारी छन् मुक्य पद धेरै छैन ।
बिधालयमा दलित बिधार्थी कति संख्या छ रु उनीहरुलाई कस्तो ब्यबहार गरिन्छ रु खाजा बितरण को बेला विभेद त गरिदैन रु छात्रवृति समयमा वितरण गरिन्छ रु लगाएतका बिषयमा प्रश्नको उत्तरमा प्र।अ। श्याम महतो भन्नु भयो – दलित बिद्यार्थी को संख्या करिब २५र३० प्रतिशत रहेको छ ।
कसैलाई विभेद गरिदैन । छात्रवृत्ति रकम समयमा बाडिएको छ । यो कुरामा समाजको महिलाहरुले पुस्टि गर्नु भयो ।
दलित महिला को अबस्था कस्तो छ रु दलित महिला वडा सदस्यलाई योजना छनोट, बजेट निर्माण प्रक्रिया तथा निर्णय प्रक्रिया सक्रिय सहभागिता गराउछ कि नाईरु कि सहि छाप मात्र लगाउछ रु भन्ने प्रश्न मा पुर्ब दलित महिला वडा सदस्य रामसति देवी रामले जवाफमा भन्नु भयो – पहिलेको तुल्लामा छोरीहरु पढाई लिखाई गर्दै छ । सुधार छ । तर समाजमा विभेद कायमै छ । योजना छनोट, बजेट निर्माण प्रक्रिया तथा निर्णय प्रक्रिया सहभागी गराउछ । तर योजना चलाउन दिएको छैन ।
यस पालिकामा र वडामा दलित समुदायको जनसंख्या कति छ रु र उनीहरु आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था कस्तो छ रु छुवाछुत को अबस्था कस्तो छ रु समाजमा दलित समुदाय सामाजिक भोजभातमा संगै खान दिएको छ रु पालिका कति दलित कर्मचारी छन् रु अब दलित समुदाय उथानको लागि के के पहल गर्नु हुन्छ रु भन्ने प्रश्नको जवाफमा वडा अध्यक्ष लक्ष्मेश्वर यादव भन्नु भयो – पालिकामा जम्मा कति दलित समुदायको जनसंख्या छ भन्ने कुराको एकिन छैन तर वडा न। १ मुसर्नियामा दलित समुदाय कमै छ । पहिले को तुल्ला मा अहिले विभेद कम भएको छ ।
सामाजिक रुपमा भोज भात खाने चलन छ ।सवै ठाउमा छुवाछुत छैन । पालिकामा श्रेणी बिहिन सरसफाईमा कर्मचारी छन् । मुक्य पद खासै धेरै छैन । तर अब दलित समुदायलाई योजना छनोट, बजेट निर्माण प्रक्रिया सहभागी गराउनेछु ।
बजेट समेत संचालन गर्न सहयोग गर्ने प्रतिबध्ता ब्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा अध्यक्षता मुखियापट्टि मुसर्निया युवा संजालको अध्यक्ष पप्पु राम गरेको थियो । बिषय बिग्य रुपमा दलित अधिकारकर्मी सिजेंद्र सदाले दलित समुदायको आन्दोलन, संघर्ष, अधिकार र संबैधानिक ब्यबस्था को बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
द एसिया फाउनडेशनको मुख्य कार्यान्बयन संस्था रहेकोमा युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिबर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिका मा युवा संजाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि कार्य गरि रहेको छ ।
पाइनल डिस्कसनमा कार्यक्रम माथि प्रकाश तथा संस्था तथा परियोजना र अचारसंहिता को बारेमा सेफ नेपालको संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले गर्नु थियो भने कार्यक्रममा युवा संजाल तर्फ बाट राम आशिष यादवले संचालन प्रश्न गर्दै बक्ताहरुलाई सवाल जवाफ गरेका थिए भने सहभागीहरु मध्ये ४ जना ले बक्ताहरु लाई प्रश्न गरेका थिए र बक्ताहरुले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रमको शुरुवात सेफ नेपालको कार्यक्रम अधिकृत प्रतिभा झाले गरेका थिइन् ।

