काठमाडौँ : १२ वर्षे अन्तर्राष्ट्रिय सहभागितामा पहिलो पटक ब्लाइन्ड क्रिकेट टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपालले आज फाइनल प्रवेशका लागि पाकिस्तानको सामना गर्दैछ।
पाकिस्तानमा जारी प्रतियोगितामा नेपाल पहिलो पटक सेमिफाइनल खेल्न लागेको हो।
२०१२ मा पहिलो पटक विश्वकप खेलेको नेपाली ब्लाइन्ड क्रिकेटले त्यसयता तीन पटक विश्वकप खेलेपनि सेमिफाइनल प्रवेश गर्न सकेको थिएन्।
एकदिवसीय र टी-२० विश्वकप खेल्दै आएपनि असफल बनेको नेपालले आफ्नो चौथो सहभागितामा भने सेमिफाइनलमा स्थान बनाउन सफल भयो।
सेमिफाइनलमा नेपालले आयोजक पाकिस्तानसँग मुल्तान क्रिकेट स्टेडियममा बिहान १०:३० मा प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्दा दोस्रो सेमिफाइनलमा बंगलादेश र श्रीलंका भिड्ने छन्।

