मधेस प्रदेश : विहे गर्ने विवादमा युवतीका हत्या, ३ जना पक्राउ


जनकपुरधाम : धनुषामा विवाह गर्ने विषयलाई लिएर एक युवतीको हत्या भएको छ ।

जनकनन्दिनी गाउँपालिका–५, उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको धनुषा प्रहरीले पुष्टि गरेको छ।

युवतीको शव मंसिर ८ गते दिउँसो ३ः३० बजे जनकनन्दिनी गाउँपालिका–४, खजुरीस्थित आमा खोलामा प्लास्टिकको बोराभित्र फेला परेको थियो।

हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये मुख्य आरोपी जनकनन्दिनी गाउँपालिका–३ निवासी २२ वर्षीय राम ललित खत्वे मण्डल हुन्।

उनीसँगै साने दासका छोरा २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका–८, नाथपट्टी निवासी २४ वर्षीय रमेश कुमार मण्डललाई पनि पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

हत्या योजनामा राम ललितले साथीहरू ज्ञानेन्द्र र रमेशको सहयोग लिएको खुलेको छ। उनले रेखालाई भेट्नका लागि घटनास्थल बोलाए। त्यहाँ पुग्नेबित्तिकै राम ललितले ढुंगाले प्रहार गरेर रेखालाई बेहोस बनाए।

त्यसपछि दाह्री काट्ने छुरा ९ब्लेड० प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्