आजदेखि एनपिएल सुरु , विराटनगर र जनकपुर भिड्दै


काठमाडौं : नेपाली क्रिकेटको महाकूभ्म सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि सुरू हुँदैछ।

आठ फ्रेन्चाइज टोली सम्मिलित एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल सवा १२ बजेदेखि सुरू हुँदैछ।

खेलअघि उद्घाटन समारोह हुनेछ। एनपिएलको ट्रफी यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरिसकेका छन्।

उद्घाटन खेलको सबै दस हजार टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। उद्घाटन खेलको टिकट साधारणतर्फ ३ सय रूपैयाँ र भीआइपीतर्फ ७ सय रूपैयाँ तोकिएको थियो।

एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ।

नेपालमा डिजिटल स्कोरबोर्डको प्रयोग पनि पहिलोपटक यही एनपिएलबाट सुरू हुँदैछ। एनपिएलका लागि त्रिवि मैदानमा प्यारापिट निर्माणदेखि मैदान मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्