मधेसका गृहमन्त्री भन्छन्ः आफु असुरक्षित रहेको


 

जनकपुरधाम : मधेस प्रदेशका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखी स्वयं असुरक्षित रहेको पाईएको छ । गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टी गृह संचार तथा कानून मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले आफै पुष्टी गरेका हुन् ।

मन्त्री लेखीले आफूलाई आर्थिक सहायताको नाममा जयकृष्ण गोइतले धम्की दिएको बताए । उनले भने ‘जयकृष्ण गोइतको नाम सुन्नु भएको होला केही वर्ष अगाडीसम्म जनतान्त्रिक तराई मुक्ति मोर्चाको हिंसा गर्थे उनले नै मलाई आर्थिक सहयोगको नाममा धम्की दिए ।’

आफूलाई केही दिन अगाडी आर्थिक सहयोगकालागि गोइतले फोन गरे मन्त्री लेखीले भने ‘गोइतले मलाई तपाई मन्त्री हुनु हुन्छ श्रोत साधन छ, आर्थिक सहयोग गर्नुस् नभए कसरी दिनु हुन्छ मलाई थाहा छ भन्दै धम्की दिए ।’

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्