तीव्र गतिका कारण जिप दुर्घटना : ३ डाक्टरसहित ५ जनाको ज्यान गयो


 

काठमाडौं : भारतको लखनउ(आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ ।

सडक डिभाइडरमा ठोक्किएर स्कार्पियो जिप दुर्घटना हुँदा ग्रामिण आयुर्विज्ञान संस्थान (रम्स)का ३ आवासीय चिकित्सकसहित पाँच जनाको मृत्यु भएको हो ।

उनीहरु सबै एक जना साथी डाक्टरको बिहेमा सहभागी हुन जाने क्रममा दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार तीव्र गतिका कारण जिप दुर्घटना भएको थियो ।

जिप १३० किलोमिटर प्रतिघण्टाको गतिमा थियो । त्यसैक्रममा डिभाइडर ठोक्किएर जिप अनियन्त्रित भएपछि अर्को लेनमा रहेको ट्रकसँग ठोक्किएको थियो ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्