कमला नदीमा स्नानको क्रममा डुबेका बालक तीनदिनपछि तैरिएको अवस्थामा फेला


 

जनकपुरधाम : कार्तिक पूर्णिमाको दिन स्नान गर्न कमला नदी पुगेका एक बालक डुबेको तिनदिनपछि नदीमा तैरिएको अवस्थामा भेटिएको छ ।

सिरहा नगरपालिका वडा नम्बर १५ बुधौरा बस्ने स्थानीय कपिल यादवको १४ बर्षिय छोरा अभिषेक यादवको गत कार्तिक ३० गते कार्तिक पूर्णिमाको दिन स्नान गर्ने क्रममा डुबेका थिए ।

डुबेको स्थानमै गोताखोर टोली तीनदिनसम्म खोजेपनि नभेटिएका अभिषेक आज विहान आफैँ तैरिरहेको अवस्थामा फेला परेको हो ।

 

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्