छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै


जनकपुरधाम : छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै छ । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियमनिष्ठापूवर्क मनाइने छठको दोश्रो दिन आज साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्