२२१ किलो गाँजासहित जनकपुरबाट एक जना पक्राउ


 

जनकपुरधाम : जनकपुरबाट एक जना गाँजासहित पक्राउमा परेका छन ।
२२१ किलो गाँजासहित जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडीबाट भिमफेदी गाउँपालिका २का २४ वर्षिय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मकवानपुरको भिमफेदीबाट जनकपुर तर्फ आउदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडीपट्टीको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरि ल्याउदै गरेको प्रतिबन्धित २ सय २१ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्