दिनहुँ बढ्दै आएको सुनले आज फेरि बनायो मूल्यको नयाँ रेकर्ड


 

काठमाडौँ : पाँच दिनदेखि सुनले दिनहुँ महँगो मूल्यको नयाँ-नयाँ कीर्तिमान कायम गरिरहेको छ।

गएको बुधबार, बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेर एक लाख ६५ हजार ६ सय निर्धारण भएको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। हिजो सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार थियो।

शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर आइतबार सुन तोलामा १ लाख ६५ हजार पुगेको थियो। शुक्रबार सुन तोलको एक लाख ६४ हजार चारसय थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदी आज दुई हजार ९५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य दुई हजार ७५ रुपैयाँ थियो। हिजो एकैदिन ९५ रुपैयाँ बढेको चाँदीको मूल्य आज २० रुपैयाँ बढेको हो।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्