नेपाल र अमेरिकाबीच पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल भोलिदेखि सुरु


 

काठमाडौँ : नेपाल र अमेरिकाबीचको तीन खेलको टी-२० सिरिज भोलिदेखि सुरु हुँदैछ।

नेपाली समयअनुसार शुक्रबार विहान ५:४५ बजे तथा अमेरिकाको टेक्सासको समयअनुसार साँझ ७ बजे खेल हुनेछ।

नेपाल र अमेरिकाबीचको सिरिज टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा हुनेछ।

नेपाल र अमेरिकाबीच यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ।

आइसिसीले सन् २०१९ मा सबै देशको खेललाई अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपाल र अमेरिका टी-२० मा पहिलो पटक भिड्न लगेका हुन्।

यसअघि आइसिसी टी-२० विश्वकपअन्तर्गत वाम अप खेलमा नेपाल र अमेरिका खेल्ने तालिका भए पनि डलासमा भारी वर्षा हुँदा रद्द भएको थियो।

नेपाली टोली क्यानडामा आइसिसी विश्वकप लिग-२ को सिरिज र टी-२० सिरिज खेलेपछि अमेरिका पुगेको थियो। क्यानडा र ओमानविरूद्धको दुवै सिरिजमा नेपालले खराब प्रदर्शन गरेको थियो।

अमेरिकासँगको खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने हुनेछैनन्। उनी भिसाका कारण अमेरिका जान नपाएका हुन्।

नेपालले अमेरिकासँग तीन वटा टी-२० सिरिज खेलेपछि विश्वकप लिग-२ को सिरिज खेल्नेछ। लिग-२ को सिरिजमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछं।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्