काठमाडौँ : अफगानिस्तानमा लाखौं मानिसहरू डरलाग्दो भोकमरीको सामना गरिरहेका छन् ।
दशकौंको युद्ध, विस्थापन, लामो खडेरी, उच्च बेरोजगारी, र अफगानी सम्पत्तिहरूमा अमेरिकी प्रतिवन्धहरूपछि आर्थिक पतन लगायतले देशको गम्भीर खाद्यान्न अभावमा योगदान पुर्याएको छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा चारमध्ये एक जनाले भोकमरीको सामना गरिरहेका छन् ।
अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता मौलावी मुदस्सिर हमराजले अन्तर्राष्ट्रिय सहयोगको महत्त्वपूर्ण आवश्यकतामा जोड दिए ।
विश्व बैंकको दस्तावेज अनुसार अफगानिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो दुई आर्थिक वर्षमा २६ प्रतिशतले संकुचित भएको छ ।

