काठमाडौं : डिजेल र मट्टीतेलको भाउ बढाएको छ।
नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ।

