चाडपर्व लक्षित सुनको मूल्य ह्वात्तै बढ्यो


 

काठमाडौँ : चाडपर्व लक्षित दसैँपछिको पहिलो कारोबारका दिन आज मंगलबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो ।

उक्त दिनको तुलनामा दसैँपछि आज कारोबार हुँदा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज रु. २५ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्