भारतले ६ क्यानाडाली कूटनीतिज्ञदेशलाई गरे निकाला, दुई देशबिच द्धन्द


एजेन्सी

क्यानडा : भारतले ६ क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने र भारतीय उच्चायुक्त सञ्जयकुमार वर्मालाई फिर्ता बोलाउने निर्णय गरेपछि देशबिच तनाव बढेको छ । यहीबीचमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकार सम्मेलन गरेका छन् ।

राजधानी ओटावामा आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले क्यानडाका अधिकारीहरूले आफ्ना भारतीय समकक्षीहरूलाई आपराधिक गतिविधिबारे प्रमाण दिएको तर भारत सरकारले सहयोग नगरेको दाबी गरे।

क्यानडाका विदेश मन्त्री मेलानी जोलीसहितको पत्रकार सम्मेलनमा ट्रुडोले भने, भारतीय सरकारी एजेन्टहरूले सार्वजनिक सुरक्षालाई खतरामा पार्ने भूमिका खेलेको प्रमाण छ र यो अस्वीकार्य छ

उनले भने, ‘क्यानडा–भारतबीच जनता–जनताको सम्बन्ध, व्यापार र वाणिज्यको लामो इतिहास छ । तर हामी अहिले जे देखिरहेका छौं, त्यो सहन सक्दैनौं। क्यानडाले भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई पूर्ण रूपमा सम्मान गर्छ र हामी भारत सरकारले क्यानडाका लागि पनि त्यस्तै गर्ने अपेक्षा गर्दछौं।

क्यानडाको भूमिमा हरदीप सिंह निज्जरको हत्यामा भारतको सम्भावित संलग्नताबारे गुप्तचर निकायले आशंका व्यक्त गर्दै आएको छ ।

गत वर्ष जुनमा क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रे सहरको एक गुरूद्वाराको पार्किङमा गोली हानी ४५ वर्षीय सिख नेता निज्जरको हत्या भएको थियो।

त्यतिबेलै क्यानडाले निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको भनेका थिए।

निज्जर खालिस्तानी टाइगर फोर्स ९केटिएफ०का प्रमुख भएको दाबी गर्दै भारत सरकारले निज्जरलाई आतंककारी घोषणा गरेको थियो।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्