सबैलाा न.पा. : धुमधामका साथ देवी दुर्गाको प्रतिमा बिसर्जन गरियो (तस्बिरसहित)


 

जनकपुरधाम  : सबैला नगरपालिका ३ सबैला बजारमा भक्तजनहरुले आइतबार धुमधामका साथ देवी दुर्गाको प्रतिमा बिसर्जन गरेका छन्।

उनीहरूले जयजयकारको नारासहित हर्षोल्लासकासाथ देवी दूर्गाको प्रतिमा विसर्जन गरेका हुन्।

यसका साथै सडकमा उनीहरू ढोलक र तराई मधेसमा बजाउने बाजागाजाका साथ लिएर नाँचगान गरेका थिए।

सबैला नगरपालिकामा मनाइने दुर्गा पूजामा यस क्षेत्र सहित अन्य ठाँउबाट समेत हजारौंको संख्यामा श्रद्धालुहरू पूजा तथा मेला हेर्न आएका थिए।
आइतवार माता दुर्गाको प्रतिमालाई बजार क्षेत्र र नगर क्षेत्रमा परिक्रममा गरेर पोखरीमा विसर्जन गरिएको छ।

मूर्तिलाई सबैला नगरपालिका – ९ स्थित सतोसरधाम पोखरीमा विसर्जन गरिएको छ।

त्यस्तै हंंसपुर नगरपालिका ललीया -५ मा पनि हरेक वर्ष देवी दुर्गाको प्रतिमा बनाएर पुजा र मेला लगाउदै आएको प्रतिमा आइतवार विसर्जन गरेको छ ।

तस्बिर : बुधेश्वर रजक

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्