बङ्गलादेशमा डेङ्गु संक्रमण उच्च, एक दिनमै ९ जनाको मृत्यु


ढाका : बङ्गलादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो ।

जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय ९डीजीएचएस० ले जनाएको छ ।

डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्कक्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ ।

 

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्