जनकपुरधाम : विजयादशमीको अवसरमा आज जनकपुरधाममा रावण बध र लंकादहन गरिने छ । विजयदशमीको अन्तिम दिन आज शनिवार साँझ रावणको प्रतिमा निर्माण गरी ‘बध’ गरिने छ ।
प्रतिकात्मक रुपमा बनाएको मानवरुपी भगवान रामले रावण बध र हनुमानले लंकादहन गरेका थिए । त्यस्तै जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावण, कुम्भकर्ण र मेघनाथको प्रतिमामा बनाइ आगो लगाइने छन ।

