शारदीय दंशैको आज पाँचौदिन, मध्यान्नहमा षष्ठी तिथि पर्नजाँदा बेलनौती हुने


प्रतिभा झा
जनकपुरधाम : बडा दशैं अर्थात शारदीय दशमीको आज पाँचौ दिन रहेको छ । तिथीका अनुसार पंचमीका दिन स्कन्दमाताको पूजा गरिनुका साथै आज मध्यान्हमा षष्ठी तिथी पर्नाले बेलनौती कार्यक्रम पनि रहेको छ ।

भगवती दुर्गाको प्रतिमामा आँखाको नानीलाई अन्तिम रुप दिन बेल आवश्य हुने शास्त्रीय विधि अनुरुप बेलको प्रयोग हुने गरेको छ । तिथी अनुसार षष्ठी परेकोे बेला भगवती मन्दिरबाट बाजागाजा, नाचगान सहित बेलको रुख भएको ठाउँमा गई रुखलाई पूजापाठ गरि निमन्त्रणा दिने परम्परा रहेको छ ।

विशेष गरी बेलको रुखमा एउटै हाँगामा टाँसिएर फलेको दुईवटा बेल अर्थात दुईवटा फल एउटैमा जोडिएको हुन्छ, जसलाई पूजाविधी सहित कपडाले छोप्ने र मन्त्रोचारण गरि निमन्त्रणा दिने गरिन्छ । भोली पल्ट बेलतोरी गरि मन्दिरमा ल्याउने र भगवतीको सम्पूर्ण श्रृंगार गरिन्छ ।

आजका दिन निमन्त्रणा दिने तथा भोली षष्ठी तिथिका दिन उक्त बेललाई तोडेर गाँजाबाजा सहित डोलीमा मन्दिर सम्म ल्याईन्छ । जसलाई मिथिलाञ्चलमा बेलतोडी भन्ने गरिन्छ । बेलनौती र बेलतोरी दशैको प्रमूख पूजाहरु मध्ये एक हो ।

जसमा मन्दिरका पदाधिकारी, श्रद्धालु, प्रहरी र प्रशासन सम्पूर्ण खटेका हुन्छन् । यस पटकको शारदीय नवरात्रीमा षष्ठी तिथि भोली पनि सूर्योदयकालमा पर्ने भएकाले बेलनौती अधिकांश स्थानमा भोली बेलनौती गरिने पण्डत नरेशकान्त झाले बताएका छन् ।

बेलतोरी पश्चात विधिवत पूजा गरी भगवतीको श्रृंगार सम्पूर्ण हुने र आँखा खुल्ने गर्छ ।जसलाई फूलपाती पनि भनिन्छ । यी पूजा पश्चात हामी भगवती प्रतिमाको अनुहार सहितको दर्शन गर्नसक्छौँ ।

शास्त्रका अनुसार हिन्दुधर्ममा वर्षमा ४ पटक दशैं मनाईन्छ । जसमा आश्विनमा मनाईने दशैं बडा दंशै अर्थात शारदीय नवरात्रीको नामले प्रसिद्ध छ । यो दशैंमा माँ भगवतीको रुप दुर्गाले महिषासुरलाई वद्ध गरि विजयी प्राप्त गरेकी थिईन ।

जसले यो महिनाको दशैंको छुट्टै महत्व रहेको हुन्छ । शरद ऋतुको आगमन संगै यो दंशैले एउटा अलग किसिमको वातावरण निमार्ण गरेको हुन्छ ।
यसबाहेक एक वर्षमा असोज संगै माघ, चैत्र र असार महिनामा पनि दंशै मनाउने गरिन्छ र पूजाको महत्व उत्तिकै हुन्छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्