पाकिस्तानमा बम विस्फोट, दर्जनौ घाइते


 

काठमाडौं : पाकिस्तानको कराँचीमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएका छन्।

सोमबार कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएको र कम्तिमा १० जना घाइते भएको बिबिसीले जनाएको छ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनामा केही स्थानीय समेत मारिएको हुनसक्ने जनाएको छ। दूतावासले उक्त आक्रमणलाई आतंकवादी हमला भनेको छ।

बम विस्फोट भएको स्थाननजिक चिनियाँ इन्जिनियरहरू एउटा पावर प्रोजेक्टमा काम गरिरहेको र ुआतंककारीुहरूले उनीहरूलाई निशाना बनाएको दूतावासको दाबी छ।

सोमबार विज्ञप्ति जारी गरी बिएलएले चिनियाँ इन्जिनियर र उच्च अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख छ।

विस्फोट गएराति स्थानीय समयअनुसार ११ बजे भएको पनि बताइएको छ। विस्फोटमा सुधारिएको विस्फोटक उपकरणहरू प्रयोग भएको भनिएको छ। राति अरू स्थानहरूमा पनि विस्फोटका आवाजहरू सुनिएको बिबिसीले उल्लेख गरेको छ।

चिनियाँ दूतावासले बलोचिस्तान प्रान्तमा विभिन्न प्रोजेक्टहरूमा काम गर्ने आफ्ना नागरिकहरूलाई सुरक्षा अपनाएर काम गर्न आग्रह गरेको छ।

दूतावासले घटनाको छानबिन हुने र संलग्नलाई कडा कारबाही हुने सुनिश्चित गर्ने समेत बताएको छ।

बिएलए र अरू जातीय समूहहरू छुट्टै राज्यको माग गर्दै लामो समयदेखि विद्रोह गरिरहेका छन्। यसले विशेषगरी चिनियाँहरूलाई लक्षित गर्ने गरेको पनि बिबिसीले उल्लेख गरेको छ।बिबिसी

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्