मधेशको स्थानिय तहहरुमा बढी भ्रष्टाचार भईरहेको खुलासा


 

अख्तियारः ३४औँ बार्षिक प्रतिवेदन प्रस्तुत

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अगाडी आफ्नोे ३४औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगको तथ्यांक अनुसार पोखरा महानगरपालिका र काठमाडौँ महानगरपालिकामा बढी भ्रष्टाचार हुने गरेको छ ।

आयोगमा स्थानीय तहविरुद्ध परेको कुल उजुरी अध्ययन गर्दा भ्रष्टाचारको मामिलामा पोखरा महानगरपालिका पहिलो नम्बरमा छ भने काठमाडौँ महानगरपालिका दोस्रो नम्बरमा छ ।

यद्यपि सबैभन्दा बढी मधेसका स्थानीय तहहरुमा भ्रष्टाचार हुने गरेको आयोगको तथ्यांकले पुष्टी गरेको छ ।
आयोगमा मधेस प्रदेशबाट बढी उजुरी पर्ने स्थानीय तहमा बाराको पचरौता नगरपालिका रहेको छ ।

देशभरीमा पचरौता उजुरीको मामिलामा तेस्रो स्थानमा छ । बाराकै सुवर्ण गाउँपालिका चौथो र जनकपुर उपमहानगरपालिका पाँचौँ नम्बरमा छ । बढी भ्रष्टाचारको उजुरी पर्ने १० स्थानीय तहमध्ये छैटौँ नम्बरमा पर्साको छिपहरमाई गाउँपालिका, सातौँमा कृष्णनगर नगरपालिका, आठौँमा जलेश्वर नगरपालिका, नवौँ स्थानमा राजपुर नगरपालिका र १० औँ स्थानमा हेटौँडा उपमहानगरपालिका छन् ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०र०८१ मा ७५३ वटै स्थानीय तहतर्फ १९ हजार १०६ वटा उजुरी परेको थियो । यी उजुरीमध्ये आर्थिक वर्ष ०७९÷०८० बाट ४ हजार ८४३ उजुरी फर्छ्योट हुन बाँकी रहँदा सरेर आएको हो ।

अख्तियारको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०र०८१ मा भ्रष्टाचार सम्बन्धी ३६ हजार १सय ८६ उजुरी परेका छन् । ती उजुरीमध्ये ९ हजार २६८ उजुरी अघिल्लो आर्थिक वर्षबाट सरेर आएको हो ।

प्रतिवेदन अनुसार कुल भ्रष्टाचारमध्ये स्थानीय तहमा ५२.८० प्रतिशत हुने गरेको छ । ३६ हजार १८६ उजुरीमध्ये १९ हजार १०६ वटा उजुरी स्थानीय तह सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘१२ हजार ६२३ ९३४.८८ प्रतिशत० वटा सङ्घ र ४ हजार ४५७ ९१२.३२ प्रतिशत० वटा प्रदेश सरकारविरुद्ध उजुरी परेका छन्,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्