नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै


 

जनकपुरधाम : दशैँको आज दोस्रो दिन शुक्रबार दसैंघर वा मन्दिरहरुमा ब्रह्मचारिणी देवीको पूजा—आराधना गरिँदै छ।

दसैंको पहिलो दिन बिहीबार घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो।

घटस्थापनाकै पहिरो दिन नव दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्