जनकपुरधाम : प्रत्येक वर्ष पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादसैं बिहीबारदेखि सुरू भएको छ।
दसैंका लागि जनकपुरधामस्थित राजदेवी मन्दिरलाई सजाइएको छ भने देवीको दर्शन गर्न श्रद्धालु भक्तजनहरुको आउने क्रम सुरु भएको छ।
दसैंको पहिलो दिन आज घटस्थापना गरिएको छ।
प्रत्येक दशमीसम्म हर्षोल्लास र धूमधामका साथ दसैं मनाइने गरिन्छ। यस अवसरमा जनकपुरधामको राजदेवी मन्दिरसहित विभिन्न शक्ति पीठमा भव्य रुपमा पूजा गरिन्छ।






