करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय


 

एजेन्सी

सिंगापुर : सिंगापुर सरकारका पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको छ ।

६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो ।

उनले पदमा रहँदा ३ लाख ११ हजार ८८२ डलर बराबरको उपहार लिएको स्वीकार गरेका छन् । यी उपहारहरुमा फर्मुला वान ग्रान्ड प्रीको टिकट, ब्रम्पटन टी–लाइन साइकल, रक्सी र निजी विमानको उडान रहेका छन् ।

सिंगापुरको उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले पूर्वयातायात मन्त्रीले शक्तिको दुरुपयोग गर्नुका साथै जनताको विश्वासमाथि घात गरेको ठहर गरे ।

सजाय सुनाएपछि इसवारान कहिले जेल जान्छन् भन्ने खुलेको छैन । उनका वकिलले यो प्रक्रिया चाँडो अघि बढाउन आग्रह गरेका छन् ।

उनले चांगी कारागारमा जेल सजाय काट्नेछन् । यहाँ सिंगापुरका मृत्युदण्ड पाएका कैदीहरूलाई राखिन्छ ।

सिंगापुरका कुनै पनि राजनीतिक व्यक्तित्वमाथि अदालतमा सुनुवाइ गरिएको पछिल्ला ५० वर्षमा पहिलो हो । बीबीसी

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्