विवाद उत्पन्न भएपछि लम्बियो अखिल क्रान्तिकारीको सम्मेलन


 

काठमाडौँ : उमेरहद विवादमा सहमति नजुट्दा अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएको छ । असोज १० गतेदेखि १४ गतेसम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा २३ औँ राष्ट्रिय सम्मेलन राखिएको थियो ।

तर प्रस्तावित मस्यौदा विधान अनुमोदनअघि उमेरहद लगाउनेरनलगाउने विषयमा विवाद उत्पन्न भएपछि नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

विवाद मिलाउन राति अबेरसम्म बसेको केन्द्रीय कार्यालय बैठकले बुधबार ८ बजेबाट उमेरहद सम्बन्धमा मतदान प्रक्रियामा जाने निर्णय गरेको थियो । मतदानका लागि रु। ५०० शुल्क तिरेर परिचय कार्ड लिन मतदाताहरूलाई अध्यक्ष मण्डलले सूचना जारी गरेको थियो ।

तर निर्वाचन प्रक्रियामा जाने विषयमा सर्वसम्म सहमति नभएको निवर्तमान उपाध्यक्ष पवन कार्कीले जानकारी दिए ।

‘उमेरहदको विषयमा केही साथीहरूको फरक मत रहेको छ । उमेरहद लगाउने कि नलगाउने रु लगाए यही सम्मेलनबाट लगाउने कि अर्को सम्मेलनबाट लगाउने भन्ने विषयमा छलफल जारी छ ।

यद्यपि हिजो १ बजेसम्म भएको छलफलमा निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । सहमति गरेर प्रक्रिया अगाडी बढ्छ होला’, कार्कीले भने ।

नेकपा माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख कुवेर वलीले सहमति गरेर आएमा ९ बजेबाट निर्वाचन प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । उमेरहद विवादमा सहमति नहुँदा देशभरबाट आएका प्रतिनिधिहरू समस्यामा परेका छन् ।

लम्बिएको समयको बस्ने र खाने व्यवस्था सङ्गठनले नै व्यहोर्ने उपाध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्