अघिल्लो दिनको तुलनामा प्याज किलोमा ५ रुपैयाँले बढयो


 

काठमाडौं  : बुधबार कालीमाटी बजारमा सानो गोलभेँडा, घिउ सिमी, लौका, चिचिन्डो, भिण्डी केही महँगिएको छ । घिरौंला र भन्टा अघिल्लो दिनको तुलनामा सस्तिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन प्रतिकिलो ९० रुपैयाँ रहेको लौका बुधबार १०० रुपैयाँ पुगेको छ ।

तिते करेला अघिल्लो दिनकै मूल्य प्रतिकिलो १०० रुपैयाँमा कारोबार भएको छ । यस दिन इस्कुस ५०, भन्टा ६०, स्थानीय बन्दा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ ।

कालीमाटीमा बुधबार प्याज प्रतिकिलो १३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा प्याज किलोमा ५ रुपैयाँ बढी हो ।

रातो आलु ८४, स्थानीय काउली ८०, घिउ सिमी १३०, परवर १२०, टाटे सिमी १००, पाकेको फर्सी ६०, हरियो फर्सी ७०, भिण्डी १२०, बरेला ९चुच्चे करेला० अधिकतम १४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

कन्य च्याउ २००, ब्रोकाउली १००, डल्ले च्याउ ३५० तथा कुरिलो अधिकतम ७०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । रायो साग ९०, तोरीको साग ७० तथा पालुगो साग १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्