जनकपुरधाम : प्रदेश लोक सेवा आयोगले पाचौँ वार्षिक प्रतिवेदन आज मगंलबार प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।
प्रदेश लोक सेवा आयोगका अध्यक्ष श्री शिवराम यादवज्युले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष पेश गरेका हुन्।
प्रदेश लोक सेवा आयोगले २०७६ को दफा ६६ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन प्रदेश प्रमुख भण्डारीसमक्ष पेश गरिएको हो ।

