तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्को निर्णय


 

काठमाडौं : सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

‘संवत २०८१ असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र ३ (तीन) दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१र६१४ को बैठकबाट निर्णय भएकोले सोही अनुसार गर्न गराउन यो सूचना प्रकाशन गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको सूचनामा भनिएको छ।

दुई दिनको लगातारको वर्षापछि उत्पन्न बाढी—पहिरोबाट हालसम्म २०९ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन्।

बाढीबाट काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप बढी प्रभावित छन्।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्