जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले ३४ औँ वार्षिक प्रतिवेदन आज सोमबार प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख राम बहादुर कुरुम्वाङज्युले आर्थिक वर्ष २०८०र०८१ मा सम्पादन गरेको काम कारबाही समेटेर तयार गरिएको प्रतिवेदन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष पेश गरेका हुन्।
संविधानको धारा २९४ को उपधारा(३) बमोजिम प्रतिवेदन प्रदेश प्रमुख भण्डारीमक्ष पेश गरिएको हो ।

