जनकपुरधाम : निरन्तरको अविरल वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका थिए । बाढी पहिरोका कारण सडक बन्द हुँदा यात्रुहरु अलपत्रमा परेका थिए ।
पहिरो खसेर अवरुद्ध भएका सडकहरु अहिले सञ्चालनमा आएका छन ।
काठमाडौं मुग्लिङ सडक, मुग्लिङ- चितवन सडक, मुग्लिङ – पोखरा सडक, काठमाडौं – सिन्धुली सडक, काठमाडौं – हेटौँडा सडक, चितवन – बुटवल सडक, काभ्रे दोलखा सडक, बेनी – मुस्ताङ सडक, झापा – ईलाम सडक सहित कैलाली – बझाङ बाजुरा सडक सञ्चालमा आएका छन

