जनकपुरधाम : कोशीमा पानीको बहाव घट्न थालेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो ।
यद्यपि अहिले खतराको भन्ने उच्च नै रहेको छ भने कोशी ब्यारेजको पुलमाथि बग्न थालेपछी पुलमा थुप्रिएको फोहोर आइतबार बिहानबाट सफा गर्न थालिएको छ ।
कोशी नदीको बहाव इतिहासकै दोस्रो उच्च बिन्दुमा पुगेको छ ।
यसअघि कोशीमा सन् १९६८ सालमा कोशीमा आइतबारको भन्दा बढी पानी बगेको थियो ।
त्यस बेला ७ लाख ८८ हजार २ सय क्युसेक पानी कोशी ब्यारेज हुँदै बगेको थियो

