आज साँझसम्म त्रिभुवन राजमार्गसहित पाँच राजमार्ग सुचारु हुने


 

काठमाडौँ : आज  साँझसम्म काठमाडौँ जोड्ने ५ राजमार्ग सुचारु हुने भएको छ । त्रिभुवन राजमार्ग, पृथ्वी, अरनिको र कान्ति राजमार्ग सुचारु गरिने सडक विभागका योजना महाशाखा प्रमुख तथा सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए ।

‘यी पाँच राजमार्गमा अहिले मर्मतको काम भइरहेको छ । त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग पूर्ण रूपमा, अरनिको बाह्रबिसेसम्म र कान्ति राजमार्ग बागमती पुलमा बाहेक अरू स्थानमा सुचारु हुन्छ,’ उनले भने ।

्यस्तै देशैभरका सबै राजमार्ग मर्मत सम्भार गरी छिटोभन्दा छिटो यातायात सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्