झ्याप्ले खोलामा पुरिएको अर्को बसबाट फेरि तीनवटा शव फेला


 

काठमाडौँ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा पुरिएको अर्को बसबाट तीनवटा शव निकालिएको छ।

आइतबार बिहान करिब १० बजे शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए।

उक्त शव बस भित्रैबाट निकालिएको भनिएको छ। तथापि शवको पहिचान खुलेको छैन।

गाडीको माथिल्लो हटाएर निकालिएको भनिएको छ। अहिलेसम्म कुन गाडी हो र कहाँ जाँदै थियो भन्ने खुलेको छैन, इन्स्पेक्टर सिलवालले भने।

शव निकालिएपछि गाडीको बाँकी भाग निकाल्ने प्रयास भइरहेको छ।

शव पहिचानपछि पोस्टमर्टमका लागि पठाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्