अमेरिकामा रहेका ओलीले दिए फेसबुकमार्फत प्रभावकारी काम गर्न निर्देशन


 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला अमेरिकामा छन् । संयुक्त राष्ट्रसँगको महासभालाई सम्बोधन गर्न जानुभएका अहिले अन्य कार्यक्रममा सहभागी उनले देशका विभिन्न स्थानमा बाढी पहिरोको प्रकोप बढेसँगै मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।


फेसबुकमार्फत उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउन निर्देशन दिएका छन् ।

अविरल वर्षासँगै बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेको भन्दै उनले यस सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग टेलिफोनमा कुराकानी भएको पनि जानकारी दिएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको गृहमन्त्रीमार्फत आफूले जानकारी पाएको उनको भनाइ छ ।

‘केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला’, उनले फेसबुकमार्फत भनेका छ्न् ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्