जनकपुरधाम : सप्तकोशी नदीको जलसतहले खतराको तह पार गरेको छ।
सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।
बिहिवारदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा निरन्तर जलसतह बढिरहेको छ। जलसतह उच्च भएपछि खतराको संकेत रातो बत्ति बालिएको केन्द्रले जनाएको छ।
बहाव उच्च हुँदा डुबानको जोखिम हुने भएकाले सतर्क रहन आग्रह गरेका छन ।

