मौसममा खराबी : त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित


 

काठमाडौं : निरन्तर वर्षाका कारण मौसमा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ ।

प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्