काठमाडौँ : अबको चार दिनसम्म ५६ जिल्लामा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेको र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कारण मेघगर्जनरचट्याङसहितको वर्षा हुने अनुमान महाशाखाले गरेको हो। तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको महाशाखाको आकलन छ।
वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको भन्दै सचेतना अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। महाशाखाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने अनुमान पनि गरेको छ।

