काठमाडौं : सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छन्।
चीनको हान्झाउमा आयोजित २०औं एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
।
एशियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमा कराते खेलाडी एरिका गुरुङ्गले रजत र कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो ।

