जनकपुरधाम : अत्यधिक गर्मी बढेपछि मधेश प्रदेशमा विद्यालयहरु बन्द हुन थालेका छन् ।
गर्मीले बालबालिकालाई स्वास्थ्यमा पर्न सक्ने सम्भावित प्रतिकुल असरलाई मध्यनजर गर्दै स्थानीय तहहरुले विद्यालय बन्दको निर्णय गर्न थालेका छन् ।
त्यस्तै अत्यधिक गर्मी बढ्दै हुनाले जलेश्वर नगरपालिका भित्र रहेका सबै विद्यालयहरु बन्द गरिएको छ ।
वर्षे विदाबाट कटटा हुने गरी मिति २०८१र०६र०८ गते देखि २०८१ र०६र११ गते सम्म विदा दिइएको छ ।
प्रचण्ड गर्मीका कारण बालबालिकाहरूलाई विद्यालय आउजाउ गर्न कठिनाइ देखिन थालिएपछि स्थानीय तहहरूले धमाधम पठनपाठन बन्द गर्ने निर्णय गर्न थालेका हुन्।

