जनकपुरधाम : अत्यधिक गर्मी बढ्दै हुनाले जलेश्वर नगरपालिका भित्र रहेका सबै विद्यालयहरु बन्द गरिएको छ ।
वर्षे विदाबाट कटटा हुने गरी मिति २०८१/०६/०८ गते देखि २०८१ /०६/११ गते सम्म विदा दिइएको छ ।
गर्मीका कारण विद्यालयको कक्षा कोठामा बसेर पठनपाठनमा समस्या आएको भन्दै नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पर्नसक्ने भएकाले तथा लू लाग्ने समस्या आएपछि जलेश्वर नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएको छ।


