श्रीलंकाका नवौं राष्ट्रपतिमा दिशानायकेले लिए शपथ


 

काठमाडौं : श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले शपथ लिएका छन् ।

शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए ।

श्रीलंकाका नवौं राष्ट्रपतिका रुपमा उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कोलम्बोबाट करिब १७७ मिलोमिटर टाढा थम्बुथेगामा भन्ने स्थानमा ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञान विषयमा डिग्री हासिल गरेका छन् ।

उनी स्कुले जीवनबाट जेभीपी (जनता विमुक्ति पेरामुना) मा आबद्ध भएका थिए ।

श्रीलंकाका राजनेता र राजनीतिबारे व्यापक नकारात्मक धारणा रहेको भन्दै उनले नेता र राजनीतिक व्यवस्थाप्रति सम्मान र विश्वास फर्काउन आवश्यक सबै कदम चाल्ने बताएका छन् ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्