मोदीलाई नेपाल भ्रमणको निम्तो


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदी बिच यहाँको टोते न्युयोर्क प्यालेसमा भएको साइडलाइन वार्तामा सो आग्रह गरिएको हो ।

.सो आग्रहपछि प्रधानमन्त्री मोदीले आफू नेपालको भ्रमण चाँडै गर्ने मनस्थितिमा रहेको धारणा राखेको भेटवार्तामा सहभागी एक अधिकारीले बताए ।

भेटपछि अमेरिकामा नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा।आरजु राणाले भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण चाँडै गर्ने कुराकानी भएको जानकारी दिइन् ।

.प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाट राम्रो भएको बताउँदै नेपाल–भारतको मित्रता धेरै बलियो र त्यसलाई अझै गति दिन चाहेको उल्लेख गरेका छन् ।

भेटपछि आफ्नो एक्समा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयमा केन्द्रित रहेर कुराकानी भएको बताएका छन् ।

क्।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्