बैतडीको शिवलिंग केन्द्रविन्दु भएर भूकम्प


 

काठमाडौं : बैतडी जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलि‌ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्