जनकपुरधाम : दैनिक एक दिनमा ६ सय जना मात्र धरहरा चढन पाउने छन ।
हिजोदेखि खुला भएको धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भएको छ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिएका हुन्।
।
एकाइका प्रमुख अधिकारीले विसं २०७२ को भूकम्पले भत्किएको धरहरा अहिले खुला हुँदा पहिलो दिनमा नै बिहिवार सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताउनुभयो।
अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन ६ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो। तर पहिलो दिन नै एक हजार दुई सय जनाले धरहरा चढेको आधिकारिक रेकर्ड छ, उनले भने।
विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो।
।धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ।
।

