जनकपुरधाम : धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका ४२ वर्षीय गणेश कुमार साहका करिब १४ वर्षीय छोरा रजनिश साहको मृत्यु भएका छन ।
गत भदौ २ गते सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित भगवती अंग्रेजी माध्यमिक विद्यालयको होस्टेलमा बसेर कक्षा ८ मा अध्ययनरत धनुषा सपहीका एक विद्यार्थीको हत्या गरिएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् ।
स्कुलको होस्टेलका वार्डेनले हत्या गरेको घटना अनुसन्धानमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र जाहेरी समेत दर्ता नगरेकाले सडक संघर्षमा जानुपर्ने आवस्था आएको त्याहाका स्थानीयबासीहरुले बताउनुभयो ।
छोरालाई कुटपिट गरेर झुण्डाएको र आफै झुण्डिएको भनेर हल्ला फिँजाई उपचारको लागि सिन्धुली अस्पतालमा लगेको आफुलाई भदौ २ गते साँझ मात्र खबर गरेको पीडित गणेश कुमार साहछ उहाँले बताउनुभयो ।
घटना विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जोहरी लिएर पटक पटक जाँदा पनि प्रहरी प्रमुखले दर्ता गर्न नमानेको गुनासो पीडित साहले गुनासो गर्नुभयो ।
उहाँले विद्यालयका प्राधानाध्यापक कृष्ण कुमार उप्रेती, होस्टेल ईन्चार्ज मोहन खड्का, राजेश क्षेत्री र सस्ंथापक संजय दहाललाई नियन्त्रणमा लिएर घटना विषयमा सत्य तथ्य बुझ्न सुक्ष्म र गहिरो अनुसन्धान हुनुपर्ने माग सहित हुलाक मार्फत जाहेरी पठाएको समेत जानकारी दिनुभयो ।

