जनकपुरधाम : १६ लाख रुपैया सहित एकजना पक्राउ परेका छन ।
सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेका छन ।
पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका २ खोक्सिटोलका ४८ वर्षीय ललित दास छन् ।
उनलाई प्रहरीले रकमसहित बुधबार बरियारपट्टी गाउँपालिका १ गोरगम्मा स्थित सीमा क्षेत्रबाट पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ स. १० प. ९८५३ नम्बरको मोटरसाइकलमा आइरहेका दासलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी कचनारीबाट खटेको टोलीले चेकजाँच गर्दा कम्मरमा गम्छाले बाँधेर लुकाएको स्रोत नखुलेको १६ लाख रकम बरामद भएको हो ।

