रोयल्स संवाददाता
मधेश सरकारले पहिलोपटक गरे औपचारिक कार्यक्रम
जनकपुरधाम : असोज ३ अर्थात संविधान दिवस आज देशभरिमा विभिन्न कार्यक्रम गरि मनाईँदै छ ।
यसैक्रममा मधेश सरकार गठन भएको ८ वर्षपछि प्रदेश सरकारले पहिलो पटक संविधान दिवस मनाएकौ छ ।
मधैश प्रदेश सरकारले आज पहिलो पटक औपचारिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको हो ।मधेसको गृह संचार तथा कानून मन्त्रालयको आयोजनामा आज बिहान रामानन्द चौकबाट प्रभातफेरी निकालेका थिए ।
उक्त प्रभात फेरी नगरको विभिन्न भागको परिक्रमा गर्दै महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीलगायतका मन्त्री, सुरक्षा निकायका प्रमुख, विभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
संविधान अवसरमा आयोजित प्रभातफेरीमा मुख्यमन्त्री सतिशकुमार सिंहलगायत केही दलका मन्त्रीहरु भने अनुपस्थित रहेपनि कोणसभामा मुख्यमन्त्री सिंह सहभागी भएका थिए ।

