लुम्बिनी सरकारले प्रभातफेरि गरेर मनायो संविधान दिवस


 

लुम्बिनी : लुम्बिनी प्रदेश सविंधान दिवसको अवसरमा विशेष समारोह तथा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ संविधान दिवस मनाएको छ।

विहीबार बिहान प्रदेश राजधानी दाङमा प्रभातफेरि गरिएको थियो।

प्रभातफेरिमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मन्त्रीहरू, दलका नेताहरू, प्रमुख सचेतक, सचेतक लगायत प्रदेश सभा सदस्य, सुरक्षाकर्मी, विद्यार्थी र नागरिकहरू सहभागी थिए।

प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरिले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको थियो।

प्रभातफेरि पछि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा विशेष समारोह भइरहेको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्