काठमाडौं : बुद्ध एयरले अब बुधबारदेखि भारतको बनारसम्म उडान थप गरेको छ । यसले गर्दा यात्रुलाई सुविधा थप्ने कम्पनीको भनाइ छ ।
बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्या लगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज समेत चलाइरहेको छ ।
यात्रुलाई भारतको गया गई सोह्रश्राद्ध गर्न थप सहयोग पुग्ने विश्वास कम्पनीको छ ।
काठमाडौंबाट वाराणसी ५० मिनेटमा पुग्न सकिन्छ । काठमाडौंबाट वाराणसी सुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रुपैयाँ तोकिएको छ ।
काठमाडौंबाट बिहान ७:१५ र तथा वाराणसीबाट ८:३० मा जहाज उड्छ । यो रुटमा बुद्धले एटीआर ७२ जहाजबाट उडान गरिरहेको छ ।

